काठमाडौँ - अर्को महिना युएईमा हुने आईसीसी वुमन्स टी२० विश्वकप एसिया छनोट अघि तयारीको लागि नेपाली महिला क्रिकेट टोली आज बंगलादेश प्रस्थान गरेको छ ।
टोली एक हप्ताको अभ्यासको लागि बंगलादेश निस्केको हो ।
नेपाली टोलीले कात्तिक २५ गते सम्म बंगलादेशमा चार अभ्यास खेल खेल्नेछ ।
त्यसलगत्तै महिला टोली कतार भ्रमणमा जानेछ । नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते नोभेम्बर १६, १७ र १८० मा कतारसँग तीन टी२० आई सिरिज खेल्नेछ ।
त्यसपछि मंसिर ३ मा टोली युएईतर्फ लाग्ने छ । एसिया छनोट मंसिर ६ देखि १२ सम्म ९नोभेम्बर २२ देखि २८० सम्म हुनेछ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् ।
नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ। त्यसको भोली पल्ट भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
टोलीमा कप्तान रुबिना क्षेत्री बेलबासे सहित सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगिता राई रहेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...