काठमाडौँ- नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नुवाकोट घर भई काठमाडौँ बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भनिने रामबहादुर तामाङलाई पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
तामाङले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेचेका थिए ।
बेचबिखनमा परेकी पीडित पछिल्लो समय बिरामी परेपछि चितवनकी एक महिलाको सहयोगमा विसं २०७७ चैतमा उद्धार गरेर काठमाडौँ ल्याइएको थियो ।
पीडितले गत वैशाखमा दिएको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...