चितवन- माडी नगरपालिका– ९ मा ९० वर्षीया सुकमाया सेङ्तानले नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनी सहित नागरिकता पाएका हुन् । नागरिकता पाउनेमा ७० जना पुरुष र ११७ जना महिला रहेका छन् । उक्त क्षेत्रका जनतालाई इलाका प्रशासन कार्यालय माडीमा र जिल्ला सदरमुकाम आउन पनि निकै कठिन हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको जग्गा फँडानी गरी उक्त ठाउँमा सुकुम्वासी बस्ती बसेको छ । सो स्थनामा नागरिकता वितरण सहजीकरण कार्यक्रम गरिएको यो दोस्रो पटक हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...