बझाङ- केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ ।
केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।
शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थामा आएकी उनीलाई साँझ अबेरसम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि धनगढी पठाइएको हो ।
जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पुर्याउन सकिने अवस्था नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सडक अवरुद्ध हुँदा जटिल प्रकारका बिरामीलाई समस्या भइरहेको छ भने बझाङमा तरकारी, इन्धन, खाद्यान्नलगायतको अभाव हुन थालेको छ ।
अभाव सँगै सामानहरुको चर्को मूल्यवृद्धि समेत भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...