काठमाडौँ – कोपा अमेरिका विजेता र युरोकप विजेताबीच  ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेल हुने भएको छ । खेल युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने भएको हो । अर्जेन्टिनाका लेजेण्ड खेलाडी डिएगो म्यारोडोनाको सम्झनामा दुई विजेता देशबीच मैत्रीपूर्ण खेल हुने भएको एजेन्सीहरूले जनाएका छन् ।

खेलका लागि युरोपियन फुटबल महासंघ र दक्षिण अमेरिकी फुटबल महासंघबीच औपचारिक जानकारी केही दिनमा गरिने अर्जेन्टिनी मिडियामा जनाइएको छ । सो खेलको मिति र खेल स्थानसमेत सोही समयमा सार्वजनिक गरिने छ ।

इटालीले इंग्ल्याण्डलाई उसकै मैदानमा हराउँदै युरो २०२० को उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्याण्डलाई टाइब्रेकरमा ३–२ ले पराजीत गरेको हो ।

यस्तै, कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले पराजीत गरेको थियो । उसले ब्राजिलको मैदानमा घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो। अर्जेन्टिनाले ब्राजिललाई १९० ले हराएको थियो । एजेन्सी

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...