काठमाडौँ – ब्राजिललाई स्तब्ध पार्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।
आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा रोड्रिगोको पासमा डी मारियाले गरेकोे उत्कृष्ट गोल नै निर्णायक बन्यो । आयोजक ब्राजिलले खेलमा पकड जमाए पनि पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।
ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि रक्षा गर्न असफल भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...