पहिलो विश्वयुद्धअघि फेरि यी दुई टिम १९३८ मा बर्लिनमा आमने–सामने भए । खेल अगाडि नाजी पारामा इङ्ल्यान्डका खेलाडीलाई आयोजकलाई सलामी चढाउन लगाइएको थियो । एक लाख दश हजार दर्शक सामुन्ने भएको खेलमा पाहुना टोली इङ्ल्यान्डले ३–६को जित निकालेको थियो ।
युरो २०२० को प्रि–क्वार्टरफाइनलमा मंगलबार राति ९ः४५ बजे लन्डनको वेम्ब्ली स्टेडियममा इङ्ल्यान्डले जर्मनीको आतिथ्य गर्दैछ । आज यी दुवै देश इतिहासमा नयाँ अध्याय थप्न तयार छन् । क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नु दुवै टोलीको अहिलेको एक मात्र ध्यय हुनेछ ।
चार विश्वकप, तीन युरोपियन र एक फिफा कन्फेडेरसन कप अन्तराष्ट्रिय उपाधिको रूपमा भित्र्याएको जर्मन महारथी फुटबलकै सर्वाधिक सफल टिम मानिन्छ । यसको ठीक विपरीत इङ्ल्यान्डसँग जम्मा एक विश्वकप, एक युरोपियन कप र एक नेसन्स कपमात्रै छ आजसम्म ।
उपाधिको हिसाबमा जर्मनी इङ्ल्यान्ड भन्दा धेरै माथि देखिन्छ । पछिला वर्षमा देखिएको दुवै देशको लयले पनि भन्छ जर्मनी इङ्ल्यान्डमाथि स्वतः हावी हुनेछ । तर यि दुईबीचको आपसी तथ्याङ्कले भन्छ, यिनको भिडन्त चानचुने हुने छैन । इतिहासले भन्छ जर्मनीको लागि सबैभन्दा कठिन खेल कोहीसँग हुन्छ भने त्यो इङ्ल्यान्डसँग नै हो ।
इतिहासमा यि टिम ३२ पटक आमने–सामने भएका छन् । जसमा १५ पटक जर्मनीले र १३ पटक इङ्ल्यान्डले बाजी मारेका छन् । त्यसो त विश्व फुटबलका यि दुवै महारथी सबैभन्दा कडा प्रतिद्वन्धी पनि हुन् । कम्तिमा इतिहासले यही भन्छ । विश्व फुटबलमा जर्मनी र इङ्ल्यान्डको भन्दा ठूलो दुश्मनी अरू कसैको छैन ।
यी दुई देशबीच दशकौँदेखि भएका भिडन्तका कैयौँ क्षण फुटबल इतिहासमै सम्झनालायक छन् । दुवै देशका समथर्कहरुले धेरै नै तिता–मिठा क्षणहरू संगालेका छन् । इङ्ल्यान्ड त प्रायजसो पेनाल्टीमा पछारिएको छ ।
पहिलोपल्ट आधिकारिक खेलको रूपमा १९३० मा बर्लिनमा फेन्ड्ली खेलमा यी दुवै आमने–सामने भएका थिए । इङ्ल्यान्डले १–०, २–१ ले लिड गरेको खेल इङ्ल्यान्डले घाइते एक खेलाडी गुमाउँदा जर्मनीले फेरि ३–२ बनाएको थियो । अन्ततः पुन इङ्ल्यान्डले अर्को गोल थप्यो र खेल ३–३को बराबरीमा सकियो ।
हिटलरको उदयपछि १९३५मा फेरी यि टिम इङ्ल्यान्डको ह्वाइट हर्ट लेनमा आमने–सामने भए । जर्मनीले त्यतिबेला ७५ सय देखि आठ हज्जार दर्शक विशेष रेलमा हालेर लन्डन पठाएको थियो । हिटलरको यो प्रोपागान्डालाई लिएर त्यतिबेला टे्रड युनियन कंग्रेसले विरोध पनि गरेको थियो । यो खेल ३–० ले इङ्ल्यान्डले आफ्नो पोल्टामा पारेको थियो।
पहिलो विश्वयुद्ध अघि फेरि यी दुई टिम १९३८ मा बर्लिनमा आमने–सामने भए । खेल अगाडि नाजी पारामा इङ्ल्यान्डका खेलाडीलाई आयोजकलाई सलामी चढाउन लगाइएको थियो । एक लाख दश हजार दर्शक सामुन्ने भएको खेलमा पाहुना टोली इङ्ल्यान्डले ३–६ को जित निकालेको थियो ।
१९५४ मा १६ वर्ष पछि वेम्ब्लीमा फेरि पश्चिम जर्मनी र इङ्ल्यान्ड आमने–सामने हुन्छन् । त्यस वर्षको विश्वकप विजेता जर्मनीलाई फेरी इङ्ल्यान्डले ३–१ ले हरायो । १९५६ मा पनि फेरी इङ्ल्यान्डले बर्लिनमा जर्मनीलाई ३–१ र १९६५मा १–० ले हराएको थियो ।
त्यसैगरि, डेभिड बेक्याम, स्टेभेन जेरार्ड र माइकल ओवेनले नेतृत्व गरेको इङ्ल्यान्डले सन् २००१ को विश्वकप छनौट खेलमा जर्मनीलाई ५–१ अन्तरले हराएको थियो । सन् १९६६ मा इङ्ल्यान्डले जितको पहिलो र एक्लो विश्वकप फाइनलमा पनि जर्मनीलाई नै हराएको थियो ।
उक्त खेलमा पनि एक गोल विवादास्पद बनेको थियो । एलन बलले दिएको क्रसमा जेफ हर्ट्सले बल नियन्त्रण गरे । गोलकिपरलाई बिट गर्दै बल माथि हाने । बल क्रमबारमा ठोक्किएर हुत्तिँदै भुइँमा बजारियो । यसले लाइन पार गरेको भनेर भन्न असम्भव बनायो । दुवैतर्फबाट हात हालाहालको स्थिति सिर्जना भयो । केही मिनेटको समय तनावग्रस्त बन्यो । अजरबैजानका लाइन्सम्यान तोफिक बाक्रामोभले सुरुमा गोलको मान्यता दिएनन् । पछि रेफ्रीसँग सल्लाह गरेर गोलको मान्यता दिए । त्यपछि ३–२ को गोल नतिजा भयो । पछि इङ्ल्यान्डले ४–२ अन्तरले उपाधि जित्यो । त्यो नै अहिलेसम्मको इङ्ल्यान्डले जितको एक्लो विश्वकप उपाधि हो ।
त्यसो त विगत मात्रै इङ्ल्यान्डको लागि सुन्दर देखिन्छ । सन् २०१० मा दक्षिण अफ्रिकाको ब्लोइमफोन्टेनमा भएको प्रतिस्पर्धामा जर्मनीले इङ्ल्यान्डलाई ४–१ गोलको नतिजामा हराएको थियो । फ्रांक लाम्पार्डको ‘घोस्ट गोल’को त्यो खेल सधैं सम्झना भइरहेनेछ । जुन गोल विश्व फुटबलमा गोललाइन प्रविधि भित्र्याउनु पर्ने कारण बन्यो । २–१ गोलको नतिजा जारी खेलको मध्यपंक्तिका इङ्लिस खेलाडी लाम्पार्डले जर्मन गोलकिपर मानुएल नोएरको गोलपोस्टमा छिराएर बराबर गरेको सोचे । क्रसबार र गोल लाइनबाट पार भएर बल फर्किए पनि त्यो दिनका म्याच अफिसियलहरूले देखेनन् । र, गोलले मान्यता पाएन ।
१९९६ को युरोको सेमिफाइनलबाट पेनाल्टी मिस गर्ने एकजना खेलाडी अहिलेका इङ्ल्यान्ड टिमका प्रमुख प्रशिक्षक गेराथ साउथगेट नै थिए । वेम्ब्लीमै भएको उक्त खेलको निर्णायक पेनाल्टी साउथगेटले नै मिस गरेका थिए । अहिले सबै इङ्ल्यान्ड समर्थकहरू वेम्ब्लीमा त्यो इतिहास नदोहोरियोस् भनिरहेका छन् ।
यसले इङ्ल्यान्डमा व्यापक आक्रोश पैदा ग¥यो । फुटबलको नियामक निकायलाई माफी मगाउन र फुटबलमा नयाँ प्रविधि भित्र्याउन माग भयो । यसकै कारण अर्को संस्करणको फिफा विश्वकप २०१४ बाट गोललाइन प्रविधिको प्रयोग भयो । २०१८ को संस्करणमा त भिडियो असिस्टेन्ट रेफ्री कै प्रचलन शुरूवात भयो । ‘यसले खेलमा राम्रो परिवर्तन ल्यायो’, लाम्पार्डले भनेका थिए, ‘यस बारेमा म खुसी छु । गोललाइन प्रविधि समग्र खेलका लागि सकरात्मक खुड्किलो भएको छ ।’
तर इङ्ल्यान्डका समर्थकहरूका लागि ९० को दशकपछि त्यति सुखद अनुभूति भने छैन । पटक–पटक इङ्ल्यान्ड जर्मनीसँग पेलाल्टीमा चुक्दै आएको छ । सन् १९९० को विश्वकप र १९९६ को युरो दुवैको. सेमिफाइनलबाट पेनाल्टीमै जर्मनीसँग हारेर इङ्ल्यान्ड बाहिरिएको थियो । सन् १९९० मा इङ्ल्यान्ड पाउल ग्यासकोइ रुँदै मैदानबाट बाहिरिएका थिए । पहेलो कार्ड पाएर बाहिरिएका उनी फाइनमा पुगेको खण्डमा त्यो खेल्न गुमाएका थिए । तर, पेनाल्टीबाट जर्मनीले इङ्ल्यान्डको फाइनल सपना चकनाचुर पारिदिएका थियो ।
एउटा लोकप्रिय भनाई छ, ‘२२ जनाले एउटा बलको पछि ९० मिनेटसम्म कुद्छन् । अन्तिम सधैँ जर्मनीले जित्छ ।’ यसको ठीक विपरीत इङ्ल्यान्ड पटक–पटक पेनाल्टीमै चुक्दै आएको छ । यिनै एतिहासिक परिघटनाका कारण इङ्ल्यान्ड र जर्मनीको खेलले आजसम्म पनि विशेष स्थान ग्रहण गरिरहेको छ ।
१९९६ को युरोको सेमिफाइनलबाट पेनाल्टी मिस गर्ने एकजना खेलाडी अहिलेका इङ्ल्यान्ड टिमका प्रमुख प्रशिक्षक गेराथ साउथगेट नै थिए । वेम्ब्लीमै भएको उक्त खेलको निर्णायक पेनाल्टी साउथगेटले नै मिस गरेका थिए । अहिले सबै इङ्ल्यान्ड समर्थकहरू वेम्ब्लीमा त्यो इतिहास नदोहोरियोस् भनिरहेका छन् ।
यद्यपि विम्ब्लीमा इङ्ल्यान्ड एकदमै सशक्त देखिन्छ । कोभिड–१९ को प्रतिबन्धका बाबजुद त्यहाँ ४० हजार समर्थकहरूले प्रत्यक्ष खेल हेर्नेछन् । यसमा इङ्ल्यान्डकै समर्थकहरूको बाहुल्यता हुनेछ । मैत्रीपूर्ण खेलमासमेत वेम्ब्लीमा पाहुना टोलीलाई जित निकाल्नु त्यति सजिलो हुँदैन, यो त मुख्य प्रतिस्पर्धा हो । त्यसैले पनि प्रतिभाशाली खेलाडी र गौरवपूर्ण इतिहास बोकेका फुटबलका यी दुई परम्परागत प्रतिद्वन्दी महारथीबीचको वेम्ब्लीको भिडन्त कम रोचक भने हुने छैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...