अहिले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो लयमा छन् । पोर्चुगलले समूह चरणमा ७ गोल गर्दा ५ गोल उनकै नाममा छ । नयाँ पुस्ताका जोटा र फेलिक्स पनि आक्रमणमा त्यत्तिकै सशक्तसँग उदाएका छन् । यही नै बेल्जियमको लागि थप टाउको दुखाईको विषय बन्ने  छ । 

फिफाको शीर्ष वरियताको बेल्जियमले आइतबार प्रि–क्वाटरफाइनलमा क्रिस्टियानो रोनाल्डोको प्रेरित साविक विजेता पोर्चुगलको सामना गर्दैछ । 

रोमेलु लुकाकु, कप्तान इडेन हाजार्ड, जेरेमी डोकु, ड्रिएस मेर्टिन्स, युरी टिलेमान्स, थोर्गन हाजार्ड, यान्निक कारास्को, एक्सेल विस्टेल, थोमस म्युनिएर र गोलक्षक थिवाउट कोर्टुवाको साथ रहेको बेल्यिमलाई अहिलेसम्मकै स्वर्णिम पुस्ताको रुपमा चिनिन्छ । त्यसैगरि, पोचुंगिज टोलीसँग कप्तान रोनाल्डोसँगै डिएगो जोटा, रेनाटो सान्चेज, बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेस, जोओ मौटिन्हो, डानिलो पेरेइरा, राफयल गुरेइरो, रुवेन डियास, पेपे र गोलरक्षक रुई प्याट्रिसियो जस्ता निक्कै नै जुझारु खेलाडीहरू छन् । 

आइतबार रातिको बेल्जियम र पोर्चुगलबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । बेल्जियम र पोर्चुगलबीचको खेल स्पेनको सेभियामा नेपालीसमयअनुसार राति १२ः४५ बजे हुनेछ । दुवै टोली एक–अर्काको चुनौती पन्छाउँदै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछन् । दुवैलाई जीत निकाल्न त्यति सहज हुनेछैन ।

यद्दपि, एक–आपसका पछिल्ला पाँच खेल हेर्ने हो भने पोर्चुगल हावी भएको देखिन्छ । पछिल्लो पाँच खेलमा बेल्जियमले पोर्चुगललाई हराउन सकेको छैन । जसमा दुई बराबरी र तीन हारको नतिजा छ । पछिल्लोपटक यि दुई टोलीले सन् २०१८ मा मैत्रीपुर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अहिले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो लयमा छन् । पोर्चुगलले समूह चरणमा ७ गोल गर्दा ५ गोल उनकै नाममा छ । नयाँ पुस्ताका जोटा र फेलिक्स पनि आक्रमणमा त्यत्तिकै सशक्तसँग उदाएका छन् । यही नै बेल्जियमको लागि थप टाउको दुखाईको विषय बन्ने  छ । 

तर बेल्जियम पोर्चुगलको शक्ति र लयलाई रोक्दै पछिल्लो पाँच खेलमा नपाएको जित निकाल्ने ध्याउन्नमा हुनेछ । केभिन डि ब्रुएनको आगमनले बेल्जियम झन बलियो देखिएको छ । हाजार्ड, लुकाकु र डि ब्रुएनले जुनसुकैबेला जस्तोसुकै नतिजा अग्रपंतिबाट निकाल्न सक्नेछन् । यसबाहेक थोमस भर्मालेन, टोवी एल्डरवेइरेल्ड र क्रिस्टियन बेन्टेके पनि टोलीमा रहेका छन् ।

बेल्जियमले समूह ‘बी’ शतप्रतिशत जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । यसक्रममा बेल्जियमले रसियालाई ३–०, डेनमार्कलाई २–१ ले तथा फिनल्यान्डलाई २–० ले पराजित गरेको थियो । बेल्जियमको ७ मध्ये ३ गोल लुकाकुले गरेका छन् ।



यता ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको पोर्चुगल बलियो बेल्जियमको चुनौती पन्छाउने लक्ष्यमा मैदान उत्रने छ । कप्तान रोनाल्डोको लयमा टोलीले संगठित प्रदर्शन गरिरहेका कारण पोर्चुगले बेल्जियमलाई हराउन सक्ने क्षमता राख्नेछ ।

पोर्चुगलले समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३–० ले पराजित गर्दा दोस्रो खेलमा जर्मनीसँग ४–२ को हार बेहोरेको थियो । अन्तिम खेलमा विश्वविजेता फ्रान्सलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको थियो । 

सम्भवतः बेल्जियमविरुद्ध रोनाल्डो नै केन्द्रविन्दुमा रहनेछ । इरानका अली दाईको १०९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमानलाई फ्रान्सविरुद्धको खेलमा २ गोल गर्दै भेट्टाएका रोनाल्डोले बेल्जियमविरुद्ध एक गोल गर्न सके सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् ।

यसबाहेक टोलीसँग जोओ फेलिक्स, आन्द्रे सिल्भा, विलियम कार्भाल्हो, जोओ पाल्हिन्हा, रुवेन नेभेस, डिएगो डालोट र सर्जियो ओलिभेरा टोलीमा रहेका छन् । इतिहासमा यि दुई टोलीबीचको १८ पटक भिडन्त भएको छ । पोर्चुगल ६ खेलमा विजयी भएको छ । ५ खेल बेल्जियमले आफ्नो पक्षमा पार्दा ७ खेल बराबरीमा सकिएको छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...