कैयौँ दिन त नदियाको परिवारले थोरै पानी र खानेकुराको भरमा लरीभित्र थुनिएर युरोपको यात्रा तय गर्नुपरेको थियो । यद्यपि उनकी आमासँग एउटा अदम्य साहस भने थियो । यी पाँच छोरी मान्छेहरू जब लरीको ढोका खोलेर आफ्नो गन्तव्यमा ओर्लिए, त्यो सोचेको बेलायत भने थिएन, डेनमार्क थियो । 

दिया नादिम मात्र १० वर्षकी थिइन् जतिबेला अफगान सेनाका जनरल उनका बुवालाई तालिबानीहरूले गोली हानेर मारेका थिए । डर र त्रासकाबीच उनकी विधवा आमाले अफगानिस्तानमा काम गर्न सकिनन् । आफ्ना चार छोरीहरूको भविष्य पनि अनिश्चित देखिन् । त्यसपछि उनले बिक्री हुने जति जायजेथा बेचिन् र परिवारलाई नै बेलायत पुर्याइदिन तस्करहरूलाई पैसा तिरिन् । 

नक्कली पासपोर्ट बोकेर स्वतन्त्रताको उडान भर्न निस्किएको त्यो क्षण उनलाई अहिले पनि ताजै लाग्छ । कैयौँ दिन त नदियाको परिवारले थोरै पानी र खानेकुराको भरमा लरीभित्र थुनिएर युरोपको यात्रा तय गर्नुपरेको थियो । यद्यपि उनकी आमासँग एउटा अदम्य साहस भने थियो । यी पाँच छोरी मान्छेहरू जब लरीको ढोका खोलेर आफ्नो गन्तव्यमा ओर्लिए, त्यो सोचेको बेलायत भने थिएन, डेनमार्क थियो । 

नदियाको जीवनले धेरै नै उतार–चढाव भेट्यो । तर जब उनले सबैको ‘साझा भाषा’ जस्तो फुटबल सिक्न थालिन् यसले उनको जीवनमा पनि कहिल्यै नसोचेको लय ल्याइदियो । ‘जब मैले शरणार्थी शिविरमा च्चाबको रूपमा फुटबल खेल्ल शुरू गरेँ, म यो खेलको मोहमा फसेँ । महिला फुटबलर पनि यो स्तरसम्म पुग्न सक्छन् भन्ने नै मलाई थाहा थिएन’, उनी सुनाउँछिन्, ‘तर, मैले कडा मेहनत गरेँ, स्टेप बाई स्टेप यहाँसम्म आइपुगेँ’ पिएसजिको रंगशाला अघि उभिएर नदिया भन्छिन् ।

नदियाले फर्चुना होरिङ, न्यू जर्सी, पोर्टल्याण्ड थ्रोन्स, म्यानचेस्टर सिटीजस्ता क्लबहरूबाट खेलिन् । २०१९मा पिएसजिमा अनुबन्धित भइन् । उनी डेनमार्कको राष्ट्रिय टिमबाट पनि खेलिरहेकै छिन् । २०१९–२० को सिजन उनले पिएसजिको लागि १३ गोल गरेकी थिइन् । आफूलाई हार्न मन नलाग्ने नदिया बताउँछिन् ।

भित्रैबाट आगो जस्तो जुनुन बलेर आउँछ र यसले उनलाई खेल्न र जित्न अधिप्रेरित गर्छ – उनले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् । त्यस्तो जुनुन उनले फ्रान्सेली महिला खेलाडीमा पाएकी छैनन् । नदियाका अनुसार खेलभन्दा कडा त अभ्यास हुने गर्छ । यही जुनमा उनको टिम पेरिस सेन्ट जर्मनले इतिहासमै पहिलो पटक घरेलु लिग जितेको छ । 

नदियाले तालिबानको निगरानीमा अफगानिस्तानमा सम्पूर्ण स्वतन्त्रता गुमाउनु पर्यो, अनि फेरि डेनमार्कको शरणार्थी शिविरमा गरिबीसँग जुध्नुपर्यो । यसले उनलाई सफलता चुम्न अझ ठूलो अभिप्रेरणा मिल्यो ।

त्यसो त नदियाको सानीआमा अफगानी सुपरस्टार आर्यना साहिद हुन् । उनका बुवाले पनि सानैदेखि नदियालाई कठोर हुन नै सिकाए । ‘मानौँ हामी लडाकु नै हौँ, हामी लड्छौँ, उठ्छौँ अनि फेरि जाइलाग्छौँ, हाम्रो विपक्षी जत्रोसुकै किन नहोस्’, नदिना भन्छिन्, ‘यो त सायद हामीले रगतमै लिएर आएका छौँ, मेरा बुवा–आमा दुवै साहसी नै हुनुहुन्थ्यो ।’

जब नदियाले तालिबानको निगरानीमा अफगानिस्तानमा सम्पूर्ण स्वतन्त्रता गुमाउनु पर्यो, अनि फेरि डेनमार्कको शरणार्थी शिबिरमा गरिबीसँग जुध्नुपर्यो यसले उनलाई सफलता चुम्न अझ ठूलो अभिप्रेरणा मिल्यो । ‘मेरो बाल्यकालको भोगाइले नै मलाई यहाँसम्म डोहोर्याएको हो । मलाई जित्नु नै छ, म त्यो बाल्यकालको गरिबीतिर फर्कन चाहन्न’, नदिया सुनाउँछिन् । 

नदियाले २०१८मा म्यानचेस्टर सिटीबाट पनि फुटबल खेलिन् । तर त्यहाँ मैदान भित्र र बाहिर दुवैतिर उनी खुसी हुन सकिनन् । उनलाई उचित वातावरण मिलेन । ‘जीवन एकदमै छोटो छ त्यसैले मलाई रुचि नलागेको ठाउँमा म किन बसिरहनु ?’, नदिया प्रतिप्रश्न गर्छिन् । 

तर पिएसजिमा भने नदिया एकदमै खुसी छिन् । उनले एम्बाप्पे, जाल्टनहरूले लगाउने जर्सी नम्बर पाएकी छन् । अर्को विशेष त उनले त्यहाँ बाहिरिया र पृथक भएको महसुस गर्नु पनि परेको छैन । किनभने अन्य समुदाय, राष्ट्रियता र जातबाट आउने उनी एक्लो खेलाडी होइनन् । यसैले पिएसजी उनको लागि दोस्रो घर भएको छ । 

नदियाले बुर्का वा स्कार्फ पहिरिन्नन्, तर मुस्लिम हुनु उनको लागि एकदमै महत्वपूर्ण छ । ‘धर्मले मलाई भरोसा दिन्छ र तमाम उल्झनसँग लड्न मलाई सहयोग गर्छ । यही सोचेर नै म समय मिलाएर प्राथना गर्छु’, नदिया सुनाउँछिन् । 

‘मैले फुलबल खेलेको देखेर तपाईंलाई लाग्छ कि म मुस्लिम होइन । तर यो सोच गलत हो’, नदिया भन्छिन्, ‘आतङ्ककारीहरूले इस्लामकै हरण गरेको र इस्लामोफोबियाका कारण मुस्लिमलाई युरोपमा बस्न सकस भइरहेको कुरा उनले आफ्नो पुस्तकमा पनि उल्लेख गरेकी छन् । 

चिकित्सक भएमा म राम्रो कमाउन पनि सक्छु, केही सामाजिक काम गर्न पनि त पहिला पैसा नै चाहिन्छ । सडकमा कोही भोको छ भने गएर अँगालो हाल्दैमा केही हुन्न, त्यहाँ त खाना दिन पर्छ खाना ।

त्यसो त नदियाको यात्रा फुटबलमा मात्रै टुङ्गिने भने छैन । यसपछि उनी अर्को करियर बनाउन चाहन्छिन् । उनी डेनमार्कमा फुटबल खेल्दा सँगसँगै चिकित्साविज्ञान पनि पढिरहेकी थिइन् । उनी छिट्टै सर्जन भएर निस्कदैछिन् । उनको विशेषज्ञता हुनेछ ‘रिकस्ट्रक्टिभ सर्जरी’ । 

उनले जीवनमा धेरैको साथ र सहयोग पाएकी छिन् जसका कारण उनी यहाँसम्म आइपुगेकी हुन् । यसको श्रृण चुक्ता गर्न पनि चिकित्सक नै बनेर जनसेवा गर्नुपर्छ भन्ने उनको मान्यता हो । ‘मेरो काम र जीवनले अरुको जीवनमा असर राखोस्’, नदिया आफ्नो लक्ष्य यसरी बताउँछिन् । 

पैसा पनि अर्को पाटो हो । पुरुष खेलाडीको जस्तो उनको हिषाब मिलियनमा हुँदैन । उनलाई यत्तिले पुगेको छैन अझै चाहिएको छ । ‘मेरो भएको क्षमताको प्रयोग मैले किन नगर्ने ? चिकित्सक भएमा म राम्रो कमाउन पनि सक्छु, केही सामाजिक काम गर्न पनि त पहिला पैसानै चाहिन्छ । सडकमा कोही भोको छ भने गएर अँगालो हाल्दैमा केही हुन्न, त्यहाँ त खाना दिन पर्छ खाना’, आफ्नो विचारमा एकदमै सु-स्पष्ट छिन् नदिया । यी बोल्ड र जुजारु नदियाले आफ्नो निकनेम पाएकी छिन्– द बम्बर । 

एजेन्सीको सहयोगमा 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...