एजेन्सी – युरोकप अन्तर्गत विहीबारबाट समूह चरणका खेलहरू सकिएका छन् । मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका हुन् । योसँगै खेल नकआउट चरणमा प्रवेश गरेको छ। यो चरणमा १६ टिमले खेल्नेछन् ।

नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।

अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।

युरोकप–२०२० को फाइनल खेल २७ असार, नेपाली समयअनुसार मध्यराति १२ः४५ मा लण्डनको बिम्बली रंगशाला हुनेछ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...