सन् १९९४ को शुरूमै मेस्सी ग्राण्डोली फुटबल प्रशिक्षण केन्द्रबाट सीधै न्यूवेलस फुटबल क्लबमा आएका थिए । नयाँ क्लबमा सबै सदस्य मेस्सीबारे जानकार थिए । तिनले मेस्सीका दाजुहरूलाई मेस्सीलाई ल्याउन भनेका थिए । उनीहरू फुच्चे मेस्सीको अद्वितीय क्षमता हेर्न चाहन्थे । त्यसैले नै त्यहाँ मेस्सीले झण्डै एक महिनामा दिउँसो र बेलुका गर्दै फरक–फरक भूमिकामा जुनियर लिगका आठवटा म्याच खेल्न पाए ।
यी खेल नै मेसीको लागि असली परीक्षा थिए । न्यूवेलसका कोचलाई लाग्यो मेस्सीसँग जन्मजात फुटबलरको क्षमता छ। तिनले ‘माल्भिनास स्कुल अफ फुटबल’लाई मेस्सीको 'रिकमण्डेसन' गरे । यो स्कुलले विशेषतः कलिला फुटबलरहरूको कौशलतालाई निखार्ने काम गर्छ । मेसी त सात वर्ष पनि पुगेका थिएनन् । तसर्थ, क्लबका डाइरेक्टरले उनका आमा–बुवासँग सल्लाह लिए । मेस्सीको सिङ्गो परिवार फुटबलप्रति आशक्त थियो, तिनले सजिलै स्वीकृति दिइहाले ।
यसरी २१ मार्च १९९४ मा परिचय पत्र नं. ९९२३१२ सहित लियोनल आन्द्रेस मेस्सी ‘क्लब एथलेटिको न्युवेल्स ओल्ड ब्वाइज्स्’का सदस्य बन्न पुगे ।
म्यारोडोनाले पनि न्यूवेल्स ओल्ड व्वाइजको जर्सी लगाएका थिए । तिनलेमात्र पाँच अफिसियल र दुईवटा फ्रेन्ड्ली म्याच क्लबबाट खेलेका थिए । यी ‘गोल्डेन व्वाइ’ १९९३ मा युरोपबाट फर्किएका थिए । तिनले बार्सिलोना, नेपोली हुँदै सेभिल्लामा खेल जीवन सिद्ध्याएका थिए ।
न्यूवेल्स र रोसारियो सेन्ट्रल मेस्सीको गृहक्षेत्र रोसारियोका दुई प्रमुख प्रतिद्वन्दी क्लबहरू हुन् । ‘द क्लब एथलेटिको रोसारियो सेन्ट्रल’ सन् १८८९ डिसेम्बर २४ मा ‘सेन्ट्रल अर्जेन्टिना रेलवे एथ्लेटिक क्लव’को नाममा स्थापित क्लब हो । यो क्लब रेलवे लाइनमा कार्यरत व्रिटिस कामदारहरूले स्थापना गरेका थिए । कोलिन बाइन क्वाडर यसको पहिलो अध्यक्ष थिए ।
पछि आएर यो क्लब फेरोकारिल सेन्ट्रल अर्जेन्टिनो र ब्युनर्स आयर्स रेलवे कम्पनीसँग मर्ज भयो । यसरी १९०३ मा यसको नाम ‘द क्लब एथलेटिको रोसारियो सेन्ट्रल’ हुन पुग्यो । यसको रंग निलो र सुनौलो हो । मारियो केम्पस, लुसियानो फिगेरोवा, जोसे चामोट, क्रिश्चियन गोन्जालेज, रोबर्टो डियाज, डानियल पे्रड्रो किलर, जुआन एन्टोजियो, पिजी र सिजर लुइस मेर्नाटी जस्ता महान् फुटबलरहरूले कुनै समय यसको जर्सी लगाएर खेलेका थिए ।
यी त केही उदाहरण मात्र हुन् । अर्नेष्टो चे ग्वेभारा र रोबर्टो एल नेग्राें फोन्टानारासा यसै क्लबका फ्यान थिए । ‘चे’ १४ जुन १९२८ मा रोसारियोमा नै जन्मेका थिए । त्यस्तै फोन्टानारोसा प्रशिद्ध फुटवल कार्टुनिष्ट र लेखक हुन् । उनी यही रोसारियोमा २००७ मा बितेका थिए ।
यस्तै न्यूवेल्स ३ नोभेम्बर १९०३ मा स्थापना भएको थियो । सन् १८८४ मा स्थापित अर्जेन्टाइन कमर्सियल एग्लिकन स्कुलका अल्मुनी, शिक्षक र विद्यार्थीहरु मिलेर यो क्लब खोलेका थिए । उक्त स्कुल आइज्याक न्यूवेलले खोलेका हेन् । न्यूवेलले नै पहिलोपल्ट छालाको फुटबल र फुटबलको नियमहरूलाई दक्षिण अमेरिकामा भित्र्याएका थिए ।
उनकै छोरा क्लउडियो लगायतका स्कुलका विद्यार्थीहरू र फुटबलका फ्यानहरू मिलेर स्कुलमा फुटबल शुरू गरेका थिए, क्लब खोलेका थिए । न्यूवेल र स्कुललाई उचित सम्मान दिँदै न्युवेल्स ओल्ड व्वाइज नाम दिएका थिए । यसको रंग रातो र कालो हो ।
म्यारोडोनाले पनि न्युवेल्स ओल्ड व्वाइजको जर्सी लगाएका थिए । तिनलेमात्र पाँच अफिसियल र दुईवटा फ्रेन्ड्ली म्याच क्लबबाट खेलेका थिए । यि ‘गोल्डेन व्वाइ’ १९९३ मा युरोपबाट फर्किएका थिए । तिनले बार्सिलोना, नेपोली हुँदै सेभिल्लामा खेल जीवन सिद्ध्याएका थिए ।
यसैगरी ग्याब्रियल वाटिस्टुटादेखि जर्ज भाल्डानो, अवेलु बाल्बोदेखि माक्सी रोड्रिग्वेज, सर्जियो अल्मिरोन देखि मौरिसियो पोचेटिनो जस्ता फुटवलकै हस्तीहरूले कुनै न कुनै समय यस क्लवबाट खेलेका थिए । न्यूवेल्सका फ्यानहरुलाई ‘द लेपर्स’ भनिन्छ ।
‘लेपर्स’ भन्नाले कुष्टरोगी बुझिन्छ । यस्तो अस्वाभाविक नामको पछाडि पनि एउटा सत्य तर रोचक प्रसङ्ग जोडिएको छ। १०० वर्षभन्दा पुरानो इतिहास बोकेको यो क्लबको ‘लेपर्स’ कहानी यस्तो छः
धेरै वर्ष पहिला करास्को हस्पिटलको महिला उत्थान समितिले कुष्टरोगीको सहयोगार्थ एउटा च्यारिटी म्याचको आयोजना गर्यो । रोसारियोकै दुई ठूला र प्रमुख प्रतिपक्षी क्लबहरू न्युवेल्स र रोसारियो सेन्ट्रललाई भिडाउने भइयो । यसको लागि दुवै क्लब प्रशासनलाई जानकारी गराइयो । न्यूवेल्सले तत्कालै आमन्त्रण स्वीकार्यो किनकी यो सामाजिक कार्य थियो ।
तर यस निमन्त्रणालाई नकार्दै रोसारियो सेन्ट्रलले खेल्न मानेन । सेन्ट्रल्सले यो ऐतिहासिक कार्यलाई नै तुहाइदियो । यसले सेन्ट्रल्सलाई बदनामी दियो । र यही बद्नामीका कारण तिनले पनि उल्टो न्यूवेल्सलाई गिज्याए । तिनले भने, ‘न्युवेल्स यो च्यारिटी खेल्न चाहन्छ, किनकी तिनीहरू सबै कुष्टरोगी (लेपर्स) हुन् । यसपछि सम्पूर्ण न्यूवेल्स फ्यानहरू ‘द लेपर्स’ का नाममा चिनिन थाले भने सेन्ट्रलका खेलाडीलाई ‘द स्कोन्ड्रल्स’ भनिन थालियो ।
‘द लेपर्स’ यो निक नेम मेसीसँग पनि जोडिएको छ । रोसारियोको ‘ला क्यापिटल’ले आफ्नो पहिलो लियोसँगको अन्तर्वार्तामा यही नै निक नेम प्रयोग गरेको थियो । आज धेरै वर्ष भइसक्यो मेसीले बार्सिलोनाबाट थुप्रै लिग उचालिसकेका छन् । सयौं गोल गरिसकेका छन् । तर आजपनि रोसारियोमा उनलाई ‘लेपर्स’ नै भनिन्छ ।
केही हुल्लडबाद दर्शकले त क्लबको बारमा रातो र कालो अक्षरमा ‘लेपर्सको शक्ति’ लेखिदिएका छन् । त्यस रेलिङको ठीक माथि ‘इस्कुला दि फुट्बोल माल्भिनास न्युवेल्स ओल्ड व्वाइज’ लेखिएको ब्यानर छ । ग्राउण्ड खासै गतिलो त छैन तर त्यहाँ लोभलाग्दोसँग केटाकेटीहरूले फुटबल खेलिरहेको आजपनि देख्न सकिन्छ ।
तर, लियोले १९९४ मा पहिलोपल्ट ‘रातो–कालो’ जर्सी लगाउँदा यहाँ ठूलो उत्साह थियो । त्यस वर्ष क्लबले राम्रो शुरूवात गर्दागर्दै पनि अन्ततः ३–० को हार खाँदै, केटाहरूले उपाधि गुमाएका थिए । गएको चार वर्षमा तिनले एउटा मात्र खेल हारेका थिए । तर यसपालि तिनले आफ्नै न्यूवेल्सको ‘सि’ टिमका सिकारूसँग पनि हार्नुपरेको थियो । तिनलाई हराउने मेसीको टिम थियो । यस टिमले क्लवकै सम्मानजनक ‘निक नेम’ पनि पायो– ‘ला म्याक्युना डेल–८७’। यसको अर्थ हुन्छ ‘गोल मेसिन–८७’ ।
१९९६ मा पेरुको लिमामा भएको ‘क्यान्टो लाओ इन्टर नेसनल टुर्नामेन्ट’ मा मेसीले ट्रफी स्वरूप डल्फिन हात पारे । यसले तिनलाई उत्साहित पा¥यो । यो टुर्नामेन्टमा अर्जेन्टिना, चिली, इक्वडर, पेरु र कोलम्बियाका २५ टिमको सहभागिता थियो । तर अन्ततः न्यूवेल्सले बाजी मारेको थियो । सिङ्गो मिडियाको ध्यान लियोनल मेसीले तानेका थिए । सबैतिर तिनको ट्रिक्स र बल कन्ट्रोलको चर्चा थियो । ट्रेनिङमा वा म्याच अगाडि उनी आफ्नै ‘किप्पी – अप्पी’ शैलीमा बलसँग खेलेर बिताउँथे । उनको यो कौशललाई क्लबका बरिष्ट पदाधिकारी पनि तारिफ गर्थे ।
एकपटक माल्भिनासको मैदानमा गोलकिपरले उसलाई पास दियो । सिङ्गो मैदानभरी एक्लै बल गुडाउँदै उसले एक्लै गजबको गोल ग¥यो । उसलाई केही पनि सिकाउन परेन । म्यारोडोना र पेलेलाई के सिकाउनु रु त्यस्तो बेला प्रशिक्षकले सच्याइदिनुुपर्ने एकदमै सामान्य कुरा मात्र हुन्छन् ।
यसैकारण यसपछि तिनलाई हाफ–टाइम ब्रेकमा दर्शकहरूलाई ‘किप्पी–अप्पी’को मनोरञ्जन दिन क्लबका ठूला खेलहरूमा पनि लगिन थालियो । तिनीहरू माइकमा मेसीको नाम फुक्थे । मेसी मैदानको बीचमा जान्थे र फुटबलका विभिन्न कला प्रस्तुत गर्थे । त्यस बेलाको हाफ टाइमलाई लेपर्सहरू आज पनि सम्झिरन्छन् । त्यही आफ टाइममा धेरैको आजका लियानेल मेसीसँग साक्षात्कार भएको थियो ।
‘त्यो विशेष थियो,’ न्युवेल्सका कोच, अर्थात् मेसीको जीवनकै दोस्रो प्रशिक्षक अर्नेष्टो भेसियो सम्झन्छन्, ‘त्योसँग विवेक थियो, एउटा जुनुन थियो । उसले ठ्याक्क ठाउँमै पास दिन्थ्यो । ऊ टिमको लागि खेल्थ्यो । हुन त उ एक्लै सेन्टरबाट विपक्षीको पोष्टसम्म बल लैजान सक्थ्यो । एकपटक माल्भिनासको मैदानमा गोलकिपरले उसलाई पास दियो । सिङ्गो मैदानभरि एक्लै बल गुडाउँदै उसले एक्लै गजबको गोल ग¥यो । उसलाई केही पनि सिकाउन परेन । म्यारोडोना र पेलेलाई के सिकाउनु ? त्यस्तो बेला प्रशिक्षकले सच्याइदिनुपर्ने एकदमै सामान्य कुरा मात्र हुन्छन् ।’
‘हामीले केही गर्नै पर्दैन थियो । बल हामीतिर कहिल्यै आएन । मलाई सम्झना छ, रोडास र मेसीले विपक्षी पोष्टमा आतङ्कै मच्चाउँथे । जब मेसीको खुट्टामा बल पुग्थ्यो तिनीहरु सबै आफ्नो पोष्ट घेर्न पुग्थे । हामी पछाडि बसेको डिफेन्डरहरुलाई दिक्क लागेर आउँथ्यो ।’
भेसियोसँग मेस्सीले नौ देखि ११ वर्ष हुँदासम्मका बिताएका दुई वर्षका असंख्य सम्झनाहरू छन् । जस्तै बालकार्स टुर्नामेन्टमा न्युवेल्सले वोगा, इन्डिपेन्डिएट र सान लोरेन्जो जस्ता हस्ती टिमहरूलाई हराएको थियो । त्यस टिममा तत्कालीन डिफेन्डर लाउटारो कोर्मिका भन्छन्ः
‘हामीले केही गर्नै पर्दैन थियो । बल हामीतिर कहिल्यै आएन । मलाई सम्झना छ, रोडास र मेसीले विपक्षी पोष्टमा आतङ्कै मच्चाउँथे । जब मेसीको खुट्टामा बल पुग्थ्यो तिनीहरू सबै आफ्नो पोष्ट घेर्न पुग्थे । हामी पछाडि बसेको डिफेन्डरहरूलाई दिक्क लागेर आउँथ्यो ।’
गुस्ताभो एरियल रोडास (बिल्ली) त्यस टिमको अर्काे स्टार थियो । तर उ मेस्सीभन्दा ठीक विपरीत थियो । जन्मजात क्षमता मात्र भएर पुग्दैन । यसले मात्रै सफलताको ग्यारेन्टी दिँदैन । विल्ली पनि ८६ को टिमको अद्वितीय क्षमता भएको एट्याकिङ मिडफिल्डर थियो । उ यही रोसारियोको झुपड बस्तीमा जन्मिएको हो ।
चौध वर्षमै बिल्ली न्युवेल्सको प्रमुख टिमबाट खेल्न थाल्यो । यही वर्ष उ बच्चाको बाबु बनिसकेको थियो । सोह्र वर्ष नपुग्दै उ ए डिभिजन क्लबबाट खेल्न थालिसकेको थियो । हरेकले उसको उज्ज्वल भविष्य देखिसकेका थिए । तर वाइस वर्ष मै ऊ दुईवटा बच्चाहरूको बाउ बनिसकेको थियो । र, उसले फुटबल पनि गुमाइसकेको थियो ।
‘यस्तो धेरै खेलाडीको हुन्छ, विशेषतः गरीबी र स्लम वर्गबाट आउनेहरूको’ भेसियो प्रष्ट पार्छन्, ‘फुटबलले केहीबेर तिनलाई आफ्नो पीडा भुलाउन त सघाउँछ । तर उचित वातावरण नपाउँदा उनीहरू परिवारकै लयमा फर्कन्छन् । रक्सी र ड्रक्सको कुलतमा फस्छन् । शिक्षाले धेरै फरक पार्छ । मेस्सीको कुरा बेग्लै हो । उसलाई बावु–आमाको साथ सहयोग थियो र आज पनि छ । यसैले ऊ यो स्थानमा पुगेको हो । फुटबलर सफल हुनुमा पारिवारिक वातावरणको ठूलो हात रहन्छ ।’
अर्नेष्टो भेसिओसँग अर्काे पनि एउटा स्मृति छ, ‘हामी लिगमा टोरिटोसँग भिड्दै थियौँ । लियो बिरामी थियो र मैले उसलाई खेलाउन चाहिन । मैले बेन्चमै राखे । केही मिनेटमात्र बाँकी थियो । हामी १–० ले पछि परेका थियौँ । म लियोसँग गएँ र सोधें, ‘तिमीलाई खेल्न मन छ ?’ उसले ‘छ’ भन्यो । उसले ‘वार्म अप’ ग¥यो । मैदान छिर्नु भन्दा पहिला मैले भनें, ‘म्याच जित्नुपर्छ ।’ अनि उसले जितेर देखाइदियो– पाँच मिनेटमा दुई गोल गर्दै म्याच नै उल्टाइदियो । उसले असामान्य खेल देखायो ।
'चौध वर्षमै बिल्ली न्यूवेल्सको प्रमुख टिमबाट खेल्न थाल्यो । यही वर्ष उ बच्चाको बाबु बनिसकेको थियो । सोह्र वर्ष नपुग्दै उ ए डिभिजन क्लबबाट खेल्न थालिसकेको थियो । हरेकले उसको उज्वल भविष्य देखिसकेका थिए । तर वाइस वर्ष मै ऊ दुईवटा बच्चाहरूको बाउ बनिसकेको थियो । र, उसले फुटवल पनि गुमाइसकेको थियो । फुटवलले केहीबेर पिडा भुलाउन त सघाउँछ । तर उचित पारिवारिक वातावरण नपाउँदा कतिपय रक्सी र ड्रक्सको कुलतमा फस्छन् । शिक्षाले धेरै फरक पार्छ । फुटबलर सफल हुनुमा पारिवारिक वातावरणको ठूलो हात रहन्छ ।’
च्याम्पियनसिप, टुर्नामेन्ट र फ्रेन्डली सबैमा गरी एकै सिजन लगभग १०० गोल गरेको थियो ।’
२००० मा तेह्र वर्षे लियोले ८७ मेसिनबाट आफ्नो १० औं लिग खेले । बेला भिस्टा मैदानमा ट्रफी उचाले । त्यसै वर्ष ३ सेप्टेम्बरमा बार्सिलोना प्रस्थान गर्नु दुई हप्ताअघि रोसारियोको ‘ला क्यापिटल’ले मेसीको पहिलो अन्तर्वार्ता छाप्यो । यो दुई पेजसम्म फैलिएको थियो । यसले लेखेको थियोः
‘लियोनल आन्द्रेस मेस्सी, एउटा फुच्चे लेपर्स, साँच्चिकै गजबको छ.... ऊ दशौं डिभिजनको खेलाडी हो । अनि टिमको ‘प्ले मेकर’ हो । एउटा सानो केटोको रूपमा ऊ मात्र प्रतिभामान ‘जुनियर लेपर्स’ होइन, उसँग एकदमै उज्ज्वल भविष्य छ किनकी उसको उचाई एकदमै सानो हुनाको बावजुत उसले एउटालाई छलाउँदै अघि बढ्छ, दोस्रोलाई छल्छ.... सबै डिफेन्डरलाई बिट गर्छ र अन्ततः गोल गर्छ । त्यसभन्दामाथि उसले बललाई अद्वितीयसँग नियन्त्रण गर्न सक्छ ।’ लियोनल मेस्सीको जीवनीबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...