एजेन्सी – ‘फ्लाइङ सिख’ को नामले चर्चित भेट्रान भारतीय धावक मिल्खा सिंहको शुक्रबार राती चण्डीगढमा निधन भएको छ । ९१ वर्षीय सिंहलाई गत महिना कोरोना भाइरस संक्रमणले छोएको थियो । गत साता मात्रै कोरोना संक्रमणका कारण उनकी पत्नी निर्मल कौरको पनि निधन भएको थियो भने कोभिड संक्रमण भएपछि मिल्खालाई पनि मे २४ मा मोहालीको निजी अस्पतालमा भर्ना गरिएको थियो । 

मे ३० मा उनलाई त्यस अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई जुन ३ मा नेहरु अस्पतालमा फेरि भर्ना गरिएको थियो। त्यतिबेला उनमा अक्सिजनको स्तर घटेको थियो । गत साताको बिहीबार मात्रै उनको कोभिड परीक्षण नेगेटिभ आएको थियो । उनको छोरा जिभ मिल्खा सिंहलाई इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘बुबा रहनु भएन ।’

मिल्खाले सन् १९५८ को कमनवेल्थ गेम्स र १९६० को ओलम्पिक्समा सहभागी जनाएका थिए । त्यसैगरी उनले सन् १९५८ मा टोकियोमा आयोजित एसियाली खेलकुदमा २०० र ४०० मिटरको दौडमा स्वर्ण पदक जितेका थिए । त्यस्तै सन् १९६२ मा जकार्तामा आयोजित एसियाली खेलकुदमा ४०० मिटर रिले दौडमा पनि उनले स्वर्ण पदक जितेका थिए।

१९२९ नोभेम्बर १०मा पंजाबको मुजफ्फर अहिलेको पाकिस्तानमा जन्मिएका मिल्खा सिंहले आफ्ना बा–आमालाई भारत–पाकिस्तान विभाजनको दंगामा गुमाएका थिए र टुहुरो बनेका थिए । यो हिंसालाई आँखै सामुन्ने देखेका मिल्का त्यहाँबाट उम्किएर दिल्ली आएका थिए । 

ढाका बन्ने इच्छा पालेका मिल्का दाजुको सल्हाहले सेनामा भर्ना भएका थिए । सानैदेखि स्कुल र घर गरेर दश किलोमिटर दौडने बानी परेका मिल्काले सेनामा पनि एथलेटिक्समा आफ्नो स्थान सजिलै बनाएका थिए । 

सोनिया सन्वाल्कद्वारा लिखित मिल्खा सिंहको जीवनी द रेस अफ माइ लाइफ सन् २०१३ मा प्रकाशित भएको थियो भने सिंहको जीवनीमा आधारित भएर राकेश ओमप्रकाश मेहराको निर्देशनमा ‘भाग मिखा भाग’ चलचित्र समेत बनेको थियो । जसमा अभिनेता फरहान अख्तरले सिंहको भूमिका निर्वाह गरेका थिए ।

सिंहले उक्त फिल्मको सर्वाधिकार मात्रै १ रुपैया रोयल्टीमा दिएका थिए तर नाफाको हिस्सा भने मिल्खा सिंह च्यारिटेवल ट्रस्टलाई दिने सर्त थियो । फिल्मले सय करोण भारु भन्दा ज्यादा कमाएको थियो । निमुखा तथा खेल क्षेत्रका दिनहीनलाई सहयोग गर्ने हेतुले मिल्खा सिंह च्यारिटेवल ट्रस्ट २००३ मा स्थापित भएको थियो । 

केही दिनअघि निधन भएकी उनकी श्रीमती निर्मल पूर्व भारतीय महिला भलिबल टिमकी कप्तान हुन् । सिलोङमा १९५५मा खेलकुदकै दौरान भेट भएका मिल्खा र निर्मलले १९६२ मा विवाह गरेका थिए । यी दम्पतीबाट तीन छोरी र एक छोरा जन्मिएका थिए । छोरा गल्फर जिभ मिल्का सिंह हुन् । १९९९ यो दम्पती सात वर्षे हबिदार बिक्रम सिंहलाई धर्मपुत्रका रूपमा घर भित्रियाएका थिए, उनी टाइगर हिलको युद्धमा मारिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...