काठमाडौं । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको बोलीका कारण कोकाकोलाको शेयर मूल्यमा ठूलो गिरावट आएको छ ।
मंगलबार युरोकप २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेलअघिको प्रि–म्याच कन्फरेन्समा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकका बोतल हटाउँदै कोक होइन‚ पानी खानुपर्ने बताएका थिए ।
त्यसपछि कोकको सेयर बजारमा ४ अर्ब डलरले गिरावट आएको हो । युरोकप २०२० को प्रायोजक रहेको कोकाकोला हरेक प्रि(म्याचका बेला प्रशिक्षक र कप्तान बोल्ने टेवलका अगाडि राख्ने गरिएको छ ।
रोनाल्डोको उक्त सानो भिडिओ क्लिप क्षणभरमै भाइरल भयो । जसले कोलाकोलालाई मार्केट भ्याल्यूमा ४ अर्ब डलरको नोक्सानी व्यहोर्न बाध्य बनायो । ३६ वर्षीय स्टार खेलाडी रोनाल्डोको उक्त बोलीले कम्पनीको मार्केट भ्यालूमा ठूलो तरंग ल्याइदियो । उक्त दिन युरोपमा सेयर बजार शुरू हुँदा कम्पनीको सेयर प्रतिकित्ता ५६.१ डलर थियो ।
रोनाल्डोको बोलीले पत्रकार सम्मेलन सकिने बेलासम्ममा कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५.२ डलरमा झरिसकेको थियो । यो कूल सेयरको १.६ प्रतिशत कमी हो । कोकाकोलाको बजार मूल्य अहिले २३८.३५ बिलियन डलर रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...