एजेन्सी –जब बेल्जियन फरवार्ड रोमेलु लुकाकुले जारी युरो कपमा हिजो रसिया विरुद्ध पहिलो गोल गरे । उनी क्यामरा सामु गए र चिच्याए, ‘क्रिस आइ लव यु !’

समूह बिको बेल्जियम विरुद्ध रसियाको खेल नेपाली समय अनुसार १२ः ४५ मा भएको थियो । सोही समूहको अर्को डेनमार्क विरुद्ध फिनल्याण्डको खेल ९ः४५ मा भएको थियो । उक्त खेलको दौरान डेनमार्कका कप्तान क्रिश्चियन एरिक्सन विश्व फुटबललाई नै स्तब्ध पार्दै मैदानमै ढलेका थिए ।

उनलाई अस्पताल लगिएको थियो भने खेल तत्काललाई रोकिएको थियो ।  बेल्जियमका राष्ट्रिय खेलाडी रोमेलु लुकाकु र डेनमार्कका राष्ट्रिय खेलाडी एरिक्सन दुवै इटालियन क्लव इन्टर मिलानबाट अहिले ब्यावसाहिक फुटबल खेलिरहेका छन् । 

डेढ घण्टा पछि पुनः सञ्चालन भएको डेनमार्क र फिनल्याण्डको खेलमा फिनल्याण्ड १–० ले विजयी भयो । एरिक्सन पनि अब होसमा आएर कुराकानी गर्न सक्ने भइसकेका छन् । उता लुकाकुको व्यक्तिगत दुई गोलको मद्दतले बेल्जियमले रसियालाई ३–० ले हरायो ।
 
अब लुकाकुले शुरूवाती खेलमै दोहोरो गोल गर्दै युरो गोल्डेन बुटमा आफ्नो गतिलो दावी पेश गरेका छन् । यो सँगै लुकाकुले यो सिजनमा सबैखाले प्रतियोगितामा गरेर आफ्नो व्यक्तिगत गोल संख्या ४० पुर्याइसकेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...