काठमाडौँ – नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ ।

विश्वकप लिग–२ अन्तर्गत यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारण स्पेनमा हुन लागेको हो । स्कटल्याण्डमा कोरोनाका कारण यात्रा प्रतिबन्ध लगाइएको छ । 

स्पेनमा सिरिज गराउने विषयमा त्यहाँको स्थानीय सरकारले अनुमति दिन बाँकी रहेको पनि बताइएको छ ।

यसअघि स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने विषयमा छलफल भएको थियो ।

सिरिज आगामी जुलाई तेस्रो सातादेखि गर्ने प्रस्ताव गरिएको छ । लिगअघि खेलाडीले बस्नु पर्ने क्वारेन्टिन, राष्ट्रिय टिमको प्रशिक्षण र तयारीको टुंगो लागेपछि लिगको मिति घोषणा गरिने छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...