काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले समयमै बेलायतको भिसा नपाउँदा ‘भाइटालिटी टी–२० ब्लास्ट’ खेल्न नपाउने भएका   छन्।

सन्दीप टी– २० ब्लास्टमा वर्सेस्टसायर र्‍यापिडमा आबद्ध भएका थिए। टी– २० ब्लास्ट जुन ९ बाट शुरु हुँदैछ । सन्दीपले डेढ महिनाअघि टी–२० ब्लास्ट र द हन्ड्रेड खेल्नका लागि बेलायतको भिसाका लागि निवेदन दिएका थिए, तर भिसा शुक्रबार मात्र पाएका थिए । 

शुक्रबार मात्र भिसा पाउँदा टी–२० ब्लास्टमा जान ढिलाइ भएको हो। नेपालबाट इंग्ल्यान्ड जानका लागि तेस्रो मुलुकमा १४ दिन बिताएपछि मात्र पाइन्छ। जसका कारण सन्दीप अझै तीन साता इंग्ल्यान्ड पुग्न लाग्ने भएपछि टी(२० ब्लास्टका सुरुवाती खेल गुमाउने पक्का भएको थियो।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...