काठमाडौ - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।

आज हुने पहिलो खेल संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

अंकतालिकामा संकटा चौंथो स्थानमा रहेको छ । उसले ५ खेलमा ९ अंक जोडेको हो । 

त्यसैगरी १० औँ स्थानमा रहेको ब्रिगेडले पाँच खेलेर ५ अंक जोडेको हो । संकटालाई हराएर ब्रिगेड अंक तालिका सुधारको योजनामा रहेको छ ।

आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच  हुनेछ । थ्री स्टार र आर्मीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।  
यस अघि शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...