एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले न्युक्यासललाई ४–० गोलले पराजित गरेको छ ।आइतबार राति भएको खेलमा सिटीलाई जित दिलाउन रुबेन डायस, जोआओ क्यान्सेलो, रियाद मेहराज र रहिम स्टर्लिङले गोल गरे ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १८ खेलबाट ४४ अंक भएको छ । दोस्रो स्थानमा लिभरपुल छ । आइतबार राति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको थियो । लिभरपुल आइतबार राति नै टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

चेल्सी र वुल्भ्सले गोलरहित बराबरी गोल गरेका छन् । घरेलु टोलीलाई खेलअवधिभर दवावमा राखेपनि चेल्सी गोल गर्नभने चुकेको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...