एजेन्सी- बार्सिलोनालाई पराजित गर्दै बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । मंगलबार राति साउदी अरेवियामा भएको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४-२ अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा बोका जुनियर्सले बाजी मारेकाे हाे । 

अर्जेन्टिनी स्टार खेलाडी म्यारोडोनाको गत वर्ष निधन भएपछि उनको सम्झनामा आयोजना गरिएकोे खेलमा बार्सिलोनाले आफ्नो दोस्रो रोजाईका खेलाडीलाई अवसर दिँदा डिफेण्डर ड्यानी आल्भेसले दोस्रो पटक डेब्यु गरे । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...