एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको कमजोर प्रदर्शन जारी छ । गए राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २–२ गोलको बराबरी खेल्यो ।

दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा निको गोन्जालेजले १२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको २ मिनेटमै डाभिड गार्सियाले गोल गर्दै घरेलु टोलीलाई १–१ को बराबरीमा फर्काए । खेलको ४९औं मिनेटमा अब्डे इजालजुलीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

तर, खेलको ८७औं मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई २–२ को बराबरीमा फर्काए । बराबरीपछि आठौं स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा १५ अंकले पछि रहेको छ । बार्सिलोनाले १६ खेलमा २४ अंक जोडेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...