काठमाडौँ- नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । आज बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले पुबुदुको नाम पारित गरेको हो ।
५१ वर्षीय पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो ।
नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए ।
सन् २०१५ मा क्यानसँग विवाद भएपछि उनले नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।
लेखकबाट थप...