एजेन्सी- इंग्लिस क्लब टोटेनहमका आठ जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठ खेलाडीमा कोरोना संक्रमण भएको जानकारी दिएका छन् । प्रशिक्षक कोन्टेले पाँच जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको बताए ।
युरोपा कन्फेरेन्स लिगअन्तर्गत रेनसविरुद्धको खेलअघि टोटेनहमका खेलाडीमा कोरोना देखिएको हो ।
टोटेनहमले बिहीबार रेनससँग खेल्ने तालिका छ ।युईएफएले उक्त खेल तोकिएको मितिमै हुने जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...