काठमाडौं- नेपाल सन् २०२२ मा हुने आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट खेलमा यूएई र ओमान भएको समूहमा परेको छ ।

अष्ट्रेलियामा हुने विश्वकपको छनोटका लागि नेपाल रहेको समूह ‘ए’मा यूएई, ओमान, आयरल्यान्ड, बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्स पनि छन् । यीमध्ये यूएई र ओमान नेपालका लागि बलिया प्रतिस्पर्धी मानिन्छन् । त्यस्तै,समूह ‘बी’मा हङकङ, अमेरिका, युगान्डा जिम्बाब्वे, नेदरल्यान्ड्स, युगान्डा, पीएनजी र सिंगापुर छन् ।

दुवै समूहबाट शीर्ष दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् । नेपाल रहेको समूह ‘ए’का खेलहरु आउँदो फेब्रुअरी १५ देखि २५ तारिखसम्म हुनेछन् । समूह ‘बी’का खेलहरु जुलाई ८ देखि १८ सम्म जिम्बाब्वेमा हुनेछन् । विश्वकप छनोटमा कुल १६ टिमको प्रतिस्पर्धा गर्नेछन् । ट्वान्टी–२० को वरीयताको आधारमा नेपाल योपटक सोझै ग्लोबल क्वालिफायरमा पुगेको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...