एजेन्सी- फ्रान्सेली युवा खेलाडी केलियन एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । 

उनले अर्जेन्टिनाका लियोनल मेस्सीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् ।  गए राति क्लब ब्रग्सविरुद्धको खेलमा पीएसजीलाई जिताउने क्रममा एम्बाप्पेले सुरुवाती सात मिनेटमै २ गोल गरेका थिए ।

एम्बाप्पेको प्रतियोगितामा ३१ गोल गरिसकेका छन् । उनले २२ वर्ष ३५२ दिनमा ३० गोल पूरा गरे । मेस्सीले २३ वर्ष १३१ दिनमा यो कीर्तिमान कायम गरेका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...