काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा न्युरोड टिम एनआरटी र च्यासल यूथ क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एनआरटीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । 

च्यासलले पहिलो हाफमा एक गोल गर्दा एनआरटीले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

खेलको ४३औं मिनेटमा रुमेश बर्तौलाले गरेको गोलबाट च्यासलले अग्रता लिएको थियो । एनआरटीका मेसुके ओलोउमोउको हेड रिबान्डमा अनमार्क रहेका रुमेशले आकर्षक गोल गरे । 

७९औं मिनेटमा वैकल्पिक  दीपेश घलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । एनआरटीका नवीन गुरुङको क्रस च्यासलका राजीव लोप्चाङबाट डिफ्लेक्ट हुँदा दीपेशले बक्सभित्रबाट सहजै गोल गरे । 

खेलको म्यान अफ दी म्याच च्यासलका कविराज महर्जन भए । 

बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको च्यासलले दोस्रो खेलमा एपीएफलाई १–० ले पराजित गरेका थियो । 

यता एनआरटीको भने यो दोस्रो बराबरी हो । पहिलो खेलमा मछिन्द्र क्लबसँग २–१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...