काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ । 

एन्फाले सोमबार दुई चरणका खेल सार्वजनिक गरेको हो । दुवै चरणका खेल दशरथ रंगशालामा हुनेछन् । 

यस पटक समेत एन्फाले हप्तामा चार खेल हुने जनाएको छ । यस्तै खेल दिउँसो र साँझमा हुने समेत जानकारी गराएको छ । 

३ मंसिरबाट सुरु भएको लिगका दोस्रो चरणका खेल आज सकिँदै छ । अन्तिम खेलमा अहिले साबिक विजेता मछिन्द्र फुटबल क्लब र साबिक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् । 



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...