एजेन्सी- आउँदो वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ । शुक्रबार भएको समूह विभाजन अनुसार युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । अब यो समूहबाट इटाली र पोर्चुगलमध्ये एक राष्ट्रले मात्र विश्वकप खेल्नेछ ।
हालै युरोकप जितेको इटाली तथा सन् २०१६ को युरो विजेता पोर्चुगलका लागि कठिन ड्र परेको हो । प्लेअफको समूह सी मा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । यस्तै पोर्चुगलले टर्कीसँग खेल्नेछ ।
दुई खेलको विजेता टिम यस समूहको फाइनलमा खेल्नेछन् र विजेता विश्वकपमा छनोट हुनेछ । यस्तै प्लेअफको समूह ए मा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहेका छन् ।
समूह बी मा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र रहेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...