काठमाडौँ - नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा आयोजना हुने ‘फोर नेसन्स वुमन्स फुटबल टुर्नामेन्ट’ खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ ९एन्फा०ले नेपालले उक्त प्रतियोगिता खेल्ने जानकारी गराएको हो ।
प्रतियोगिता २३ मंसिरदेखि ६ पुससम्म (९-२१ डिसेम्बरसम्म) हुनेछ । यसबारे थप जानकारी भने गराइएको छैन । नेपालले पछिल्लो पटक एसियन कप छनोट खेलेको थियो । तर नेपाल दोस्रो चरणमा स्थान बनाउन असफल भयो ।
एसियन कप आयोजना गर्न लागेको भारतले त्यसअघि तयारीस्वरूप ‘फोर नेसन्स वुमन्स फुटबल’ प्रतियोगिता गराउन लागेको हो । त्यसअघि भारतीय महिला टोलीले ब्राजिलमा हुने ‘फोर नेसन्स वुमन्स फुटबल’ मा सहभागिता जनाउनेछ । प्रतियोगितामा ब्राजिल, चिली र भेनेजुयलाको सहभागिता रहनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...