उनाई एमरीको स्पेनी टिम विजयी रहेपछि म्यानचेस्टरको लगातार चार वर्षको उपाधिविहीन यात्रा कायम रह्यो । एमरीले प्रशिक्षकका रूपमा युरोपा लिग जितेको यो चौथोपल्ट हो ।
स्पेनिस क्लव भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा ११–१० ले हराउँदै बुधबार युरोपा लिग जितेको छ । भिल्लारियलले क्लब इतिहासमा जितेको यो पहिलो ठूलो उपाधि हो ।
निर्धारित र अतिरिक्त समयको फाइनल खेल १–१ को बराबरीमा रोकिएको थियो । टाइब्रेकरमा समेत मैदानमा रहेका सबै १०–१० खेलाडीले गोल गरिसकेपछि खेल बराबरीमा रोकियो । र, अन्ततः गोलरक्षकले पेनाल्टी प्रहार गर्नपर्यो । भिल्लारियलका रक्षक जेरोनिमो रुलीले नाटकीय मोडमा गोल गर्दै म्यानचेस्टरका गोलरक्षक डेविड डेगोको प्रहार रोकिदिए।
यस क्रममा सुरूआती २१ प्रहार गोलमा परिणत भएका थिए । यसअघि जेरार्ड मोरेनोले भिल्लारियललाई २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा एडिसन कभानीले बराबरी गोल फर्काए ।
उनाई एमरीको स्पेनी टिम विजयी रहेपछि म्यानचेस्टरको लगातार चार वर्षको उपाधिविहीन यात्रा कायम रह्यो । एमरीले प्रशिक्षकका रूपमा युरोपा लिग जितेको यो चौथोपल्ट हो । जितले भिल्लारियल भने अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट पनि भएको छ ।
यो सँगै च्याम्पियन्स लिगमा एथलेटिको, रियल, बार्सा, सेभिया र भिल्लारियल सहित पाँच स्पेनिस क्लवले च्याम्पियन्स लिग खेल्दैछन् । इपिएलमा दोस्रो स्थान हात पारेको युनाइटेड पहिल्यै च्याम्पियन लिग छनोट भइसकेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...