काठमाडौँ-  नेपाली महिला क्रिकेट टोलीले कतारसँगको टी २० सिरिज एक खेल बाँकी छँदै जितेको छ ।

आज सम्पन्न खेलमा कतारमाथि ६१ रनको जित निकालेसँगै लगातार दुई खेल जितेर सिरिज आफ्नो नाममा गरेको छ ।

यसअघि पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो । 

कतारस्थित वेस्ट इण्ड पार्क स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको कतार १९.३ ओभरमा ६८ रनमा समेटिएको थियो ।

नेपालका लागि रुबिना क्षेत्रीले अर्धशतक प्रहार गरिन् । उनले ४८ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५० रन जोडिन् ।  

उनले सर्वाधिक ५० रन बनाउँदा कविता कुवरले ३१ रन जोडिन् । त्यस्तै अप्सरी बेगम २३ रनमा अविजित रहिन् ।

बलिङमा कतारकी एन्जेलिन मरेले सर्वाधिक २ विकेट लिँदा एलेना खान, सबीजा पनियान र साची डाड्वलले समान १/१ विकेट लिए ।

कतारका लागि आयशाले २४ रन र केरी पनसेटले १५ रनको योगदान गरे । 

बलिङतर्फ नेपालकी सरस्वती कुमारीले सर्वाधिक ४ विकेट लिँदा रुविना क्षेत्रीले २ विकेट तथा सबनम राई, सङ्गिता राई र कविता जोशीले समान १/१ विकेट लिए ।

नेपाली महिला टिमले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको हो । 
 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...