सुर्खेत- कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने रंगशाला बन्ने भएको छ ।

प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको हो ।

आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनीबीच रंगशाला बनाउने सम्झौता समेत भएको छ । 

निर्माण कम्पनी एमएसीजिएसएल ज्वइन्टभेन्चर कान्तिपथ काठमाडौँसँग परिषद्ले सम्झौता गरेको हो ।

वीरेन्द्रनगरमा हाल रंगशाला रहेकै स्थानमा डेढ अर्ब बढी लगानीमा भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

३० महिनामा काम सक्ने गरी एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । 

रंगशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधक बनाइनेछ । साथै, अपांगतामैत्री संरचना, हरियाली ल्यान्डस्केप र अन्डरग्राउन्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...