काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ । 

नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् ।

त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन्  ।

छनोट खेल भने आगामी मङ्सिर ६ देखि १२ गतेसम्म युएईमा आयोजना हुनेछ । 

टोलीमा कप्तान रुविना क्षेत्री सहित डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन् । त्यस्तै सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ ।

उक्त प्रतियोगिताको तयारी स्वरुप नेपाली टोली यसअघि बङ्गलादेश गएको थियो । त्यहाँ नेपाली टोलीले बङ्गलादेशको स्थानीय टोलीसँग सिरिज पनि खेलेको थियो ।

महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले घरेलु टोली युएइसगैँ भुटान, हङकङ, कुवेत र मलेसियासँग खेल्नेछ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...