काठमाडौँ - अन्तिम मिनेटमा भारको सहयोगमा पाएको पेनाल्टी अवसर खेर फाल्दा युरो विजेता इटली कतार विश्वकप अन्तगर्त युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग अंक बाँड्न बाध्य भएको छ । 

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीलाई मिडफिल्डर जर्जिन्होले बाहिर प्रहार गर्दा इटली २-१ को अग्रता बनाउन चुकेको हो । यस नतिजासँगै इटालीले सिधै विश्वपकमा छनोट हुने मौका गुमाएको छ । 

खेलमा स्विट्जरल्यान्डले सिल्भान विडमेरको गोलबाट ११ औं मिनेटमा अग्रता बनाएको थियो । ३६ मिनेटमा जिओभानी डे लोरेन्जोले बराबरी गोल गरेका थिए । अन्तिम समयमा भारको सहायताले पेनाल्टी पाएपनि इटली जित निकाल्न सफल भएन । 

खेलपछि समूह 'सी'मा सात चरणका खेल सकिँदा इटली र स्विट्जरल्यान्ड १५/१५ अंकमा साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

समूह 'सी' को खेलमा नर्थन आयरल्याण्ड र लिथुआनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...