एजेन्सी- अर्जेन्टिनाले विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा प्रतिद्वन्द्वी उरुग्वेलाई १-० को अन्तरले हराएको छ । खेलको सातौं मिनेटमा कप्तानसमेत रहेका डि मारियाले गरेको गोल निर्णायक बन्यो ।
पाब्लो ड्याबालाको पासलाई सदुपयोग गर्दै डि मारियाले गोल गरेका थिए ।
नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६औं मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए । यो जितसँगै अर्जेन्टिना विश्वकप छनोटको नजिक पुगेको छ । उसले १२ खेलबाट २८ अंक जोडेको छ । उरुग्वे १६ अंकसहित छनोट तालिकाको छैटौं स्थानमा छ ।
दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भइसकेको छ । अर्जेन्टिनाले तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...