काठमाडौँ - नेपालको राष्ट्रिय भलिबल टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक नेपाल आउने भएका छन् ।
आउने डिसेम्बरमा बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि हान अबिङ नेपाल आउने भएका हुन् । यसअघि नेपालमै भएको पुरुष सेन्ट्रल जोनमा उनले नेपाली पुरुष टिमलाई प्रशिक्षण दिएका थिए ।
आज बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले नेदरल्याण्ड्सका हानलाई ल्याउने निर्णय गरेको हो ।
नेपाली टिमलाई प्रशिक्षण दिन उनी मंसिर २ गते नेपाल आइपुग्ने छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...