काठमाडौँ- आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई ६ विकेटले हराएको छ ।

यूएईको आबुधाबीमा बङ्गलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटाएको हो ।

दक्षिण अफ्रिकाका लागि कप्तान तेम्बा बभुवाले नटआउट ३१ रन बनाएका थिए भने बङ्गलादेशका तस्किन अहमदले दुई विकेट लिएका थिए । 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेश १८ ओभर २ बलमा ८४ रन बनाउँदा अलआउट भएको थियो ।

उसका लागि मेहदी हसनले २७ र लिटन दासले २४ रन बनाउनुबाहेक अरूले राम्रो अङ्कमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका कागिसो रबाडा र एनरिच नोर्टजेले तीन/तीन विकेट लिएका थिए । 
 
आजको जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । तर अस्ट्रेलिया भने बाहिरिने सम्भावना बढेको छ ।

यो समूहबाट इङ्ल्याण्ड आठ अङ्कसहित सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिकाको चार खेलमा ६ अङ्क भएको छ । अस्ट्रेलियाको तीन खेलमा चार अङ्क छ ।

बङ्गलादेश र श्रीलङ्का भने बाहिरिसकेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...