काठमाडौँ- एएफसी यू २३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग ४-० गोलअन्तरले पराजित भएको छ ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक-एक गोल गरे ।
खेलको २६औँ मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४७औँ मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २-० को अग्रता दिलाए ।
खेलको ७४औँ मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८२औँ मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४-० को जित दिलाए ।
समुह बी मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४-० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोलअन्तरले पराजित भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...