एजेन्सी- टी २० विश्वकप अन्तर्गत सारजाहमा जारी खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई एक सय ४३ रनको लक्ष्य दिएको छ । टर हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा एक सय ४२ रनमा मात्र बनाएर अलआउट भयो ।
राम्रो सुरुवात गर्न नसकेको श्रीलंकाले २० रन मा पहिलो विकेट गुमाएको थियो । ओपनर कुशल परेरा मात्र सात रनमा आउट भएका थिए ।
त्यसपछि चरिथ असालान्का पनि २१ रनमा पेभेलियन फर्किएपछि श्रीलंकाले ६१ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि उसले अरु चार विकेट सस्तैमा खेर फाल्यो ।
भानुका राजापाक्षले खाता खोल्न सकेनन् भने अभिशक फर्नान्डो तीन रनमा आउट भएका थिए ।
यस्तै वानिन्दु ड सिल्भा चार रनमा आउट भए। कप्तान दसुन सनाकाले ११ रन बनाएका थिए ।
श्रीलंकाका लागि पाथुम निसांकाले सर्वाधिक ७२ रन बनाए । जसमा उनले ५८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।
बलिङमा ताबरेज साम्सी र ड्वायन प्रिटोरिउसले तीन तीन विकेट लिएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...