काठमाडौँ- टी २० विश्वकपमा वेस्टइन्डिजले पहिलो जीत निकालेको छ ।
दुई खेलमा लगातार पराजय बेहोरेको डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले शुक्रबार समूह ए को भिडन्तमा बंगलादेशलाई ३ रनले पराजित गरेको हो ।
शारजाहमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेट गुमाएर १४२ रन बनाएको थियो । जवाफमा बंगलादेशले ५ विकेट गुमाएर १३९ रनमा रोकियो ।
तीन खेलमा पराजित भएको बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना भने लगभग समाप्त भएको छ ।
वेस्टइन्डिजका लागि क्रिस गेलले ४ रन बनाउँदा इभन लुईसले ६ रनको योगदान गरे । रोस्टन चेसले सर्वाधिक ३९ रन बनाउँदा कप्तान किरोन पोलार्डले १४ रनमा नटआउट रहे ।
निकालेल पुरनले ४० रनको योगदान गर्दा जेसन होल्डरले १५ रनको पारि खेले ।
बंगलादेशका मेहदी हसन, मुस्तफिजुर रहमान र सोरफुल इस्लामले समान २–२ विकेट लिए ।
१४३ रनको जवाफी लक्ष्य पछ्याएको बंगलादेशका लागि लिटन दासले सर्वाधिक ४४ रन बनाउँदा मोहमदुल्लाहले ३१ रनको नटआउट पारि खेले पनि हार टार्न भने सकेनन् ।
यसैगरी मोहम्द नइम र सौम्य सरकारले १७–१७ रन जोडे । रभि रामपौल, जोसन होल्डर, आन्ड्रे रसेल, अकिल हुसेन र डुवान ब्राभोले समान एक एक विकेट लिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...