काठमाडौँ – माल्दिसमा सम्पन्न भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पुगेको नेपाली फुटबाल टोली आज स्वदेश फर्किएको छ । 

साफ च्याम्पियनसिपको उपविजेता बन्दै नेपाली टोली स्वदेश फर्किएको हो । विहान टोलीलाई अन्तराष्टिय विमानस्थलमा स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैँ पुगेका थिए ।

भारतसँग नेपाली टोलीले फाइनलमा ३ – ० ले पराजित भएको थियो । यद्यपि उपविजेता वन्दा पनि नेपालले २८ वर्षपछि पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो ।

स्वदेश फर्केको नेपाली टोलीको खेलकुद मनत्री गहतराजले प्रसंसा गदै सरकारको तर्फबाट खेलाडीको मनोबल उच्च राख्न र खेलाडीहरूको खेल विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...