काठमाडाैँ - नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधिका लागि शनिबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतले हिजाे बुधबार लिग चरणको अन्तिम खेलमा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । 

नेपालले हिजै पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो । नेपालले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो । लिग चरणमा नेपाल भारतसँगै १–० ले हारेको थियो । 
साफ च्याम्पियनसिपमा यसपटक पाँच टोलीले सहभागिता जनाएका थिए । राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगितामा लिगको शीर्ष दुईले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । भारतले आठ अंक जोड्दै शीर्ष स्थान पक्का गर्दा नेपाल सात जोड्दै दोस्रो स्थानमा रहेर फाइनल पक्का गरेको हो । भारतसँग पराजित माल्दिभ्सको ६ अंक थियो । भारतले यस प्रतियोगितामा सात पटक उपाधि उचालिसकेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...