काठमाडौँ - कतारमा हुने फिफा विश्वकप  २०२२ का लागि जर्मनी छनोट भएको छ ।

विश्वकपको युरोपियन छनोट खेलमा ‘ग्रुप-जे’मा जर्मनीले नर्थ म्यासेडोनियलाई ४-० गोलले पराजित गर्दै जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बन्न पुगेको हो ।

जर्मनीले ‘ग्रुप-जे’को आठ खेलमा ७ जित पछि २१ अंक जोडेको छ । जर्मनीको जितमा वेर्नरले २ तथा हाभर्टज र जमल मुसियालाले १-१ गोल गरेका थिए। जर्मनीले छनोटको दुई खेल खेल्नु अगाडि नै विश्वकपमा ठाउँ पक्का गरिसकेको थियो ।

फिफा विश्वकप २०२२ को नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुँदैछ। जसमा ३२ देश सहभागी हुन लागेकोमा आयोजकका रुपमा कतार सिधै विश्वकप खेल्न पाउँछ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...