काठमाडौँ – साफ च्याम्पियनसिप फुटबलमा नेपालले दोस्रो जित निकालेको छ । सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई हराएको हो ।

नेपालले श्रीलंकालाई ३–२ गोलले हराएको हो । नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एकरएक गोल गरेका थिए । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एकरएक गोल फर्काएका थिए ।

नेपालले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता लिएको थियो । यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो । अब नेपालले तेस्रो खेलमा आइतवार भारतसँग खेल्नेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...