काठमाडौँ – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । साफ च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा राति पौने १० बजे हुनेछ । पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको नेपाली टिमले श्रीलंकासँग पनि जित निकाल्ने लक्ष्यमा छ ।
नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले असोज २४ गते भारत र २७ गते बंगलादेशसँग खेल्नेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...