काठमाडाैँ - दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको १३ औँ संस्करण आज शुक्रवारदेखि माल्दिभ्समा सुरु भएको छ ।

बङ्गलादेशले आज भएको पहिलो खेलमा श्रीलङ्कालाई एक–शून्य गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । यी दुई टोलीबीचको पहिलो हाफ बराबरीमा सकिएको सकिएको थियो । खेलको दोस्रो हाफ सुरु भएको नवौँ मिनेटमा बङ्गलादेशले गोल गर्‍यो । बङ्गलादेशका लागि तोपु बर्मनले पेनाल्टीमार्फत गोल गरे ।  

आजको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स खेल्दैछन् ।  नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

साफमा नेपालसहित आयोजक माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंका सहभागिता छन् । लिगमा पाँचै टोलीले एक अर्कासँग खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले असोज ३० गते उपाधिका लागि खेल्नेछन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...