एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार जितको यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई २–० ले पराजित गर्दै लगातार आठौं जित निकालेको हो । 

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन इद्रिसा गुइए र जुलियन ड्राक्सलरले एक/एक गोल गरे । एन्जल डी मारियाको सहयोगमा गुइए र नेइमारको सहयोगमा ड्राक्सलरले गोल गरेका हुन् ।

खेलको १४ औं मिनेटमा गुइएले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा ड्राक्सलर गोल गर्दै टाेलीकाे जित सुनिश्चित गरेका हुन् । 

जितसँगै ८ खेलमा ८ जितसहित २४ अंक जोडेको पीएसजी शीर्ष स्थानमा छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...