काठमाडौँ- कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन् । कप्तान  मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा संयमित अर्धशतक प्रहार गरेका हुन् ।

यसअघि अमेरिका र ओमानविरुद्ध पनि राम्रो सुरुआत गरेका ज्ञानेन्द्रले ठूलो इनिङ खेल्न सकेका थिएनन् । तर आज भने अमेरिकाविरुद्ध टोली संकटमा परेका बेला उनले संयमित खेल प्रदर्शन गरेका हुन् । उनले ५० रन बनाउने क्रममा ९१ बल खेले । उनले ३ चौका प्रहार गरे । 

आजकै खेलमा डेब्यू गरेका गुलशन झाले ज्ञानेन्द्रलाई बलियो साथ दिए । आउट हुनुअघि ५३ बल खेल्दै १ छक्का र २ चौका प्रहार गरेका उनले २८ रन बनाए । ज्ञानेन्द्र र गुलशनले ५१ रनको साझेदारी गरे । ४० ओभरमा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको हो । 

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय रनको आँकडा पार गर्न २७ ओभर लगाएको छ । 

यसअघि नेपालको माथिल्लो क्रमले फितलो ब्याटिङ गर्दा नेपाली टोली दबाबमा आएको छ । 

ओपनर कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर आउट भए । आशिफ शेख (३ रन),  रोहित पौडेल (२ रन) र विनोद भण्डारी (१० रन) सस्तैमा आउट भएपछि नेपाल दबाबमा आएको छ । 

अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल (३४ रन) र गुलशन झा (२ रन) छन् । अमेरिकाका लागि एल्मोर हचिन्सन, काइल फिलिप, नोस्थस केनिज र करिमा गोरेले समान एक/एक विकेट लिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...