एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि ट्वान्टी शैलीबाट कप्तानी छाड्ने भएका छन् ।कोहलीले सामाजिक सञ्जालमार्फत अर्को महिना हुने टि ट्वान्टी विश्वकपपछि कप्तानी छाड्ने बताएका छन् ।

टि ट्वान्टी शैलीबाट कप्तानी छाडेता पनि विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् । विराट कोहलीले प्रशिक्षक रवि शास्त्री, रोहित शर्मा र खेलाडीसँग छलफल गर्दै कप्तानी छोड्न लागेको बताएका छन् ।

इस्वीको २०१४ देखि टेस्टमा कप्तानी गर्दै आएका विराटलर सिमित ओभरमा २०१७ देखि भारतीय टोलीको कप्तानी गर्दै आएका थिए । सन् २०१६ मा महेन्द्रसिंह धोनीले कप्तान छाडेका थिए । आफूले कप्तानी छाड्नै लाग्दै  रोहितलाई टि ट्वान्टी कप्तानी दिन आवश्यक रहेको कोहलीले जनाएका छन् । खेल क्षमता अब्बल भएता पनि कप्तानीको भूमिका राम्रोसँग निभाउन नसकेको आरोप कोहलीमाथि फ्यानहरूले बताउँदै आइरहेका छन् । 

विराटको कप्तानीमा भारतले सिनियर टोलीमा हालसम्म आइसिसी उपाधि जितेको छैन । अर्कोतर्फ इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले पनि कोहलीको कप्तानीमा उपाधि जित्न सकेको छैन । यता मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले आफ्नो कप्तानीमा पाँच उपाधि दिलाइसकेका छन् । लामो समयदेखि रोहित भारतको टि ट्वान्टी कप्तान बन्नुपर्ने माग उठ्दै आएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...