एजेन्सी- श्रीलंकाका पेसर लासिथ मालिंगाले सबै स्वरुपको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।उनले मंगलबार टी–ट्वान्टी स्वरुपको क्रिकेटबाट पनि सन्यास लिने घोषणा गरेका हुन् ।
यसअघि नै टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्यास लिएका मालिंगाले टी–क्रिकेट भने खेलिरहेका थिए ।श्रीलंकाले टी–ट्वान्टी विश्वकप क्रिकेट टिमको घोषणा गर्दा नपरेसँगै उनले सन्यास घोषणा गरेका हुन् ।
फरक बलिङ एक्सनको लागि चिनिएका ३८ वर्षीय मालिङ्गा छोटो स्वरुपको क्रिकेटमा स्थापित नाम हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...