काठमाडाैँ - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।
खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।
ओमान लिग–२ को शीर्ष स्थानमा छ । ओमानले १० खेलमा १६ अङ्क जोडेको छ । १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ ।
नेपालले ५ खेलमा ६ अङ्क जोडेको छ भने छैटौं स्थानमा रहेको छ । लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले ओमानसँग दुई खेल खेलेकोमा पराजित भएको थियो । लिग-२ विश्वकप छनोटमा एक टोलीले ९ श्रृङ्खलासहित ३६ खेल खेल्नेछ ।
शीर्ष तीन देश सन् २०२३ को जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...